बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ५ सयले बढेको छ ।
मङ्गलबार प्रतितोला रु १ लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु १ लाख ३६ हजार ८ सय निर्धारण भएको छ ।
त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु १ लाख ३५ हजार ६ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु १ लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर १ हजार ७ सय कायम भएको छ ।