पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ जना रहेका छन ।
मन्त्रालयका अनुसार ३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय ८३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।