थपिए २५ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका ५६९ जना सक्रिय संक्रमित रहेका छन् ।