डिजिटल हस्ताक्षर गर्दै नवनियुक्त सञ्चार मन्त्री कार्कीद्धारा पदबहाली
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा पदबहाली गरेका छन् ।
उनले पदबहालीका क्रममा डिजिटल हस्ताक्षर गर्दै कामको शुभारम्भ गरेका थिए । मन्त्रालयले यसअघि परिक्षण गरेर तयार पारेको डिजिटल हस्ताक्षरको औपचारिक शुरुवात समेत भएको छ । मन्त्रालयलाई अटोमेसनमा लगेसँगै डिजिटल हस्ताक्षर प्रयोगमा आएको हो ।
यस अघि उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यसका साथै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ।
यसअघि पनि उनी नै वर्तमान सरकारको प्रवक्ता थिए।