बुढानीलकण्ठमा जुवा खेल्ने सात महिलासहित २१ जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सात जना महिला पनि रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित दुईतले टिनको टहरामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १२ लाख २९ हजार ६ सय रुपैयाँ नगद बरामद गरेको छ । त्यसैगरी जुवा खेल्न प्रयोग गरिएका कौडा, तास, २३ थान मोबाइल फोन तथा विभिन्न सवारीसाधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *