काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि भएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
