नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क, कारदेखि मिनी ट्रकसम्मको दर सार्वजनिक

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरेको हो ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क संकलन सुरू गर्न लागिएको आयोजनाले जनाएको छ ।

निर्धारित शुल्कअनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, वर्ग २ मा पर्ने मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ सडक उपभोग दस्तुर बुझाउनुपर्नेछ ।

सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्ग र आवतजावतको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *