डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार

डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् ।

शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएका हुन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ ।

फरार कैदीको संख्या, उनीहरूको पहिचान तथा घटनाको विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी टोलीले कारागारको स्थलगत निरीक्षण तथा अनुसन्धान गरेपछि घटनाबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *