समाचार लेखेकै आधारमा पत्रकार विश्वमणि सुवेदी प्रहरी नियन्त्रणमा

काठमाडाैं । नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका छन् ।

नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्न उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीको भ्यानमा आएका तीन जना व्यक्ति समाचार कक्षमै प्रवेश गरी समाचारबारे छलफल गर्नुपर्ने भन्दै सुवेदीलाई आफूसँगै लगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *