काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महाअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरूको चाप निकै देखिएको छ ।
महाअष्टमीको दिन नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको छ ।
घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयाे ।
उहाँले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढी देखिएपनि त्यसपछि भने क्रमशः कम हुँदै गएको बताउनुभयाे । दसैँमा उपत्यका छाड्नेकाे संख्या बढेसँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ ।
उहाँले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढी देखिएपनि त्यसपछि भने क्रमशः कम हुँदै गएको बताउनुभयाे । दसैँमा उपत्यका छाड्नेकाे संख्या बढेसँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ ।