मोटरसाइकलको टाएरमा सल बेरिँदा महिलाको ज्यान गयो

काठमाडाैं । सल्यानमा मोटरसाइकलमा पछाडि सवार एक महिलाको सल पछाडिको टायरमा बेरिँदा दुर्घटना भएको छ । दुर्घटनामा ३५ वर्षीया जिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिवेणी गाउँपालिकाको टाट्केको भित्री कच्ची सडकमा रा ४ प २४३ नम्बरको मोटरसाइकलमा सवार केसीको सल मोटरसाइकलको पछाडिको टायरमा बेरिएको थियो । त्यसक्रममा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

दाङको शान्तिनगर गाउँपालिका–पेदीखोला निवासी केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार केसीले कुर्ता–सलवारमाथि सल लगाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *