महिला स्वास्थ्य स्वयंसेविकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ हजार सहयोग

काठमाडौं । दक्षिणकाली नगरपालिका–९ स्थित टल्कु डुँडेचौर स्वास्थ्य चौकीमा कार्यरत १२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।

स्वयंसेविकाहरूले जनही रु. १ हजारका दरले कुल रु. १२ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

नियमित स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएका स्वयंसेविकाहरूले विपद्को समयमा समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोगका लागि अग्रसरता देखाएको भन्दै उनीहरूको योगदानको प्रशंसा गरिएको छ ।

विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त सहयोगले मानवीय संवेदना, सामाजिक एकता र सेवाभावको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *