माइतीघरमा आत्मदाह प्रयास गरेकी जेन–जी अभियन्ता लक्ष्मी बस्नेत रिफर

काठमाडौं । माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेकी जेन–जी अभियन्ता लक्ष्मी बस्नेतलाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ ।

हिजो माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेपछि बस्नेतलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको थियो । वीर अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि थप उपचार आवश्यक देखिएपछि उनलाई किर्तिपुर अस्पताल रिफर गरिएको हो ।

बस्नेतले माइतीघरमा आत्मदाहको प्रयास गर्नुको कारणबारे थप विवरण सार्वजनिक भएको छैन । घटनापछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

हाल उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *