तयार पारिएका सालिक र सहिदको अनुहार नमिलेपछि जेनजी सहिदको अनावरण कार्यक्रम स्थगित

काठमाडौं । गत भदौको जेनजी आन्दोलनमा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ ।

तयार पारिएका सालिक र सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम स्थगित भएको हो । परिवारका सदस्यले अनुहार नमिलेको भन्दै आपत्ति जनाएका थिए ।

सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा आज सालिक तयार पारिएको थियो ।

परिवारका सदस्यहरूले नै आपत्ति जनाएपछि सालिक सच्याएर मात्र अनावरण गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *