काठमाडौं । ज्वरोसँगै ढाड दुख्ने तथा शरीर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि गृहमन्त्री सुधन गुरुङ सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको हो । उहाँको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
चिकित्सकहरूले आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार अघि बढाइरहेका छन् ।
