त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको उद्धार

रसुवा । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका अर्का एक जनाको पनि जीवितै उद्धार गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार कबिर महर्जनको उद्धार गरिएको हो । यससँगै सुरुङबाट अहिलेसम्म २ जनाको जीवितै उद्धार भएको छ ।

शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।

यसअघि सञ्जय साहको उद्धार गरिएको थियो । उद्धारपछि नेपाली सेनाको मेडिकल टोलीले उनको प्राथमिक उपचार गरिरहेको बताइएको छ ।

सुरुङभित्र अझै फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *