त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवितै उद्धार

काठमाडाैं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार  सञ्जय शाहलाई आज (शुक्रबार) बिहान जीवितै उद्धार गरिएको हो ।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने आशंकामा उद्धार कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *