ओखलढुंगा । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले चम्पादेवी गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो तीन दिनको तलब तथा भत्ता बराबरको रकम सहयोग गरेका छन्।
गाउँपालिकाका कर्मचारीहरूले बाढीपीडितको दुःखमा साथ दिँदै संकलन गरेको रु. ५ लाख १९ हजार ११५ रकम राहतका लागि सहयोग गरेका हुन् ।
विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट उक्त रकम संकलन गरेका हुन्।
उक्त गाउँपालिकाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।
