काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ७६ रुपैयाँ र बिक्रीदर १ सय ७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय ६ रुपैयाँ २२ पैसा र बिक्रीदर २ सय ७ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय ७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५० पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ५ सय १ रुपैयाँ ०४ पैसा र बिक्रीदर ५ सय २ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ४ सय ९ रुपैयाँ ०२ पैसा बिक्रीदर ४ सय १० रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ४ सय रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ सय २ रुपैयाँ १३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
