काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय ३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २ सय ४ रुपैयाँ ४५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १ सय ८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय ५ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४ सय ९७ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ४ सय ४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४ सय ६ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३ सय ९७ रुपैयाँ ८९ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
