काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डन र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि छ ।
जसमा खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सोले गोल गरेर अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३१ औं मिनेटमा डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीएआर’ हेरेर पेनाल्टी दिएका थिए । जसलाई लउतारो मार्टिनेजले गोलमा परिणत गरे ।
यसरी अर्जेन्टिनाले २–०को अग्रता कायम गरेको हो ।
