काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ २६ पैसा छ ।
युके पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय रुपैयाँ ५७ पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ३८ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३६ पैसा र बिक्रीदर २३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४ सय ८६ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३ सय ९५ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ सय ८७ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
