काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १ सय ९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ९९ रुपैयाँ ९० पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ८८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १६ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६५ पैसा र बिक्रीदर २१ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २५ पैसा र बिक्रीदर ४० रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ८४ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३ सय ९३ रुपैयाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८४ रुपैयाँ र बिक्रीदर ३ सय ८५ रुपैयाँ ५६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
