आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ९६ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ८७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३४  पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८७ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४ सय ८३ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *