काठमाडाैं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम झन्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।
१९ हजार ४५ मत गणना गर्दा गौतमले ९ हजार ८७९ मत प्राप्त गर्नुभएकाे छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ५२५६ मत प्राप्त गर्नुभएकाे छ ।
रेनुभन्दा सोबिता ४६२३ मतले अगाडि हुनुहुन्छ ।
नेकपा एमालेका शंकर थपलियाले एक हजार ४६५, कांग्रेसका टेकप्रसाद गुरूङले एक हजार २२, राप्रपाका दीपक थापाले ३२३ मत प्राप्त गर्नुभएकाे छ ।
