१८ वर्षपछि विप्लवले गरे मतदान

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गर्नुभएकाे छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित बालशिक्षा मावि मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएकाे हाे । सो केन्द्रमा उहाँ पहिलो मतदाताका रूपमा मतदान गर्नुभएकाे थियाे ।

१० वर्षे सशस्त्र युद्धपछि २०६४ सालको निर्वाचनमा मतदान गरेका विप्लवले त्यसपछि भएका तीन वटा निर्वाचनमा भाग लिनुभएकाे थिएन ।

तर जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा भएको यस पटकको निर्वाचनमा विप्लव नेतृत्वको माओवादीले पनि सहभागिता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *