उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । गएराति १० बजेर ५१ मिनेटमा उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको हाे ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *