काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उहाँका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ ।
७७ वर्षीय उहाँको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस हुनुभएको थियो । त्यसलगत्तै उहाँलाई सिभिल अस्पताल पुर्याइएको थियो । उहाँको शरीरमा रगत जाम भएको र भेन्टिलेटरमा राखिएको थियो ।
