काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उहाँका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ ।

७७ वर्षीय उहाँको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस हुनुभएको थियो । त्यसलगत्तै उहाँलाई सिभिल अस्पताल पुर्‍याइएको थियो । उहाँको शरीरमा रगत जाम भएको र भेन्टिलेटरमा राखिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *