स्वास्थ्य मन्त्री डा. गौतम र संयुक्त राष्ट्रसंघीय निकायबीच स्वास्थ्य सहकार्यबारे संयुक्त भेटवार्ता

काठमाडौं । मिति, २०८२ कार्तिक २६ गते (२०२५ नोभेम्बर १२) मा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्ने संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूका प्रतिनिधिहरूसँग एक संयुक्त शिष्टाचार भेटवार्ता गर्नु भएकोछ ।

माननीय मन्त्री डा. गौतमले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा संयुक्त राष्ट्रसंघीय निकायहरूको निरन्तर सहकार्यलाई सराहना गर्दै सरकारका प्रमुख प्राथमिकताहरू मातृ स्वास्थ्य, बालबालिका तथा किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, औषधिहरूको गुणस्तर नियमन तथा सुधार, स्वास्थ्य बीमाको विस्तार तथ सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरण, तथा व्यवस्थित स्वास्थ्य सामग्रीको खरिद र आपूर्ति श्रृंखला सुधार लगायतका विषयहरूमा जोड दिनुभयो ।

भेटवार्तामा सहभागी हुनेमध्ये डब्लुएचओ नेपाल कार्यालयका प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव, युएनडीपी नेपालका रेजिडेन्ट रिप्रजेण्टेटिभ मिस क्योको योकोसुका, युएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदास, युनिसेफ नेपालlकी प्रतिनिधि मिस एलिस अकुंगा, डब्लुएफपी नेपालका प्रतिनिधि तथा कन्ट्री डाइरेक्टर रियाज लोढी र एफएओ नेपालका अरूण जी.सी. सहभागी रहनु भएको थियो ।

भेटवार्ता आपसी सहयोग, अनुभव आदान–प्रदान र स्वास्थ्य क्षेत्रका प्राथमिकतामा संयुक्त पहललाई बलियो बनाउने अवसरका रूपमा उपयोग गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *