धनकुटाका उत्कृष्ट ६ वटा सामुदायिक तथा निजी वन उपभोक्ता समुहलाई नगद सहित सम्मान

सन्तोष रूचाल, धनकुटा । धनकुटाका उत्कृष्ट ६ वटा सामुदायिक तथा निजी वनलाई नगद सहित सम्मान गरिएको छ । वन दिवसको अवसर पारेर वनहरूलाई सम्मान गरिएको हो ।
‘समयमै कार्ययोजना नविकरण गरौं, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मुल नाराका साथ वृक्षरोपण गर्दै उत्कृष्ट वनलाई सम्मान गरिएको हो । सामुदायिक वनतर्फ पहिलो हुने पाख्रीवास नगरपालिका–२ सान्नस्थित थामडाँडा सामुदायिक वन उपभोक्ता समुहलाई नगद १५ हजार सहित सम्मान गरिएको छ । त्यस्तै दोस्रो हुने चौबिसे गाउँपालिका–८ स्थित जेफाले सामुदायिक वन उपभोक्ता समूहलाई नगद १२ हजार सहित सम्मान गरिएको छ भने तेस्रो हुने धनकुटा नगरपालिका–८ स्थित तमोर सामुदायिक वन उपभोक्ता समूहलाई नगद ८ हजार सहित सम्मान गरिएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताउनुभयो ।
यता निजीतर्फ पहिलो छिन्ताङदेवी कृषि फर्म प्रालिलाई नगद १२ हजार, दोस्रो अमृतबहादुर रानामगरलाई नगद १० हजार र तेस्रो दिनेश श्रेष्ठलाई नगद ८ हजार सहित सम्मान–पत्र सम्मान गरिएको छ । उत्कृष्ट भएका सामुदायिक तथा निजी वनहरूलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले नगद सहित सम्मान गर्नुभएको थियो । वन दिवसको अवसरमा धनकुटा नगरपालिका–३ कागतेमा रहेको शिलढुंगा सामुदायिक वनमा विभिन्न प्रजातिको चार सय भन्दा बढी विरूवा रोपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *