करेन्ट लागेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरूणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।

चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरूङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएको उहाँको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

अरूण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *