आजदेखि सुख्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ ।

साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ । यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो ।

त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रूपमा अस्तित्वमा थियो ।

एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे र्‍याकबाट सामान आयात र निर्यात हुने गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताउनुभयो ।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयल गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *