राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

सन्तोष रूचाल, धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित हुनुभएको छ । युवा संघको नौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित हुनुभएके हो ।

अधिवेशनले देवीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा सुवास तामाङ, सचिवमा सुरेश लिम्बू, उपसचिवमा राजेन्द्र थापा, निरन राई, सन्तबहादुर राई तथा कोषाध्यक्षमा मनमोहन कार्की चयन हुनुभएको छ ।

नव निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई राष्ट्रिय युवा संघका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चार्ज निरज पौडेलले पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको छ ।

एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष शिव आङ्ला, युवा संघका धनकुटा इन्चार्ज कला राई लगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *