आगलागीबाट तीन घर जलेर नष्ट

सन्तोष रूचाल, धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीमा आगलागीबाट ११ करोड भन्दा बढीको क्षति भएको छ । शनिवार राति अचानक भएको आगलागीबाट तीन घर जलेर नष्ट भएको थियो ।

पाख्रीवास नगरपालिका–९ उत्तरपानीका अमर श्रेष्ठको घरबाट आगलागी सुरू भएको थियो । आगलागीबाट श्रेष्ठको दुई तले घर, किराना पसल र नगद पाँच लाख रुपैयाँ पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

श्रेष्ठको निर्माणाधिन पक्की घरको झ्याल, ढोका र वालमा पनि क्षति पुगेको छ । यो सँगै श्रेष्ठको ११ करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

सोही आगलागीबाट छिमेकी खगेन्द्र घिसिङको २ तले निर्माणाधिन घरमा पनि क्षति पुगेको छ । घिसिङको आगलागीबाट करिब ६ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

उक्त आगलागी धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा राति करिब १२ बजे आगो नियन्त्रणमा ल्याएको प्रहरीले बताएको छ । पानी पर्न नसकि सुख्खा बढेसँगै धनकुटामा दिन प्रतिदिन आगलागी तथा डढेलोको जोखिम बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *