धनकुटाको मुलखर्कमा विद्युत सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट

सन्तोष रूचाल, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा विद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ ।
आज विहान स्थानीय नन्दकुमार थापाको घरमा आगलागी भएको हो ।

थापाको ढुंगा, माटोले बनेको दुई तले आगलागीबाट जलेर नष्ट भएको छ । विहान ८ बजेबाट सुरू भएको आगलागी एक घण्टा पछि स्थानीयबासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट करिब एक लाख ५० हजार बढीको क्षति भएको प्रहरीले बताएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

यसैबीच धनकुटाका विभिन्न आधा दर्जन सामुदायिक तथा निजी वनमा डढेलो लागेको छ । धनकुटा नगरपालिका–३ र ४ को सेउलेस्थित वाग्ले सामुदायिक वनमा सोमबार साँझदेखि लागेको डढेलोका कारण जोखिममा परेको छ ।

वनको अधिकांश क्षेत्रमा डढेलोले क्षति पुर्याएको वाग्ले सामुदायिक वनका उपाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । यति धनकुटा नगरपालिका–८ टेकुनाला, वडा नं. १ हिलेस्थित खरायो टिस्टेटमा पनि डढेलो लागेको छ ।
महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका लगायतका विभिन्न सामुदायिक वनहरूमा पनि डढेलो लागेको छ । डढेलो स्थानीयवासी, प्रहरीको सक्रियातामा नियन्त्रणमा लिईएको छ । डढेलोको कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *