दलितको घर भत्काइएको घटनामा संसदीय समिति गठनको माग

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक  मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदांगो पारिदिएको बताउनुभयाे । घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उहाँले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञका नाममा दलितको घरमा डोजर लगाउनु आपराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयाे । सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर बजरंगी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *