काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सञ्चालन भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार, परीक्षा बिहान ८ बजेदेखि सुरू भएको हो ।
यस वर्ष एसईईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन् । अघिल्लो वर्षको तुलनामा परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले वृद्धि भएको छ ।
देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
यस वर्षको एसईई आजदेखि सुरू भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
