काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रूपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रूपैयाँ ५८ पैसा र बिक्रीदर १५४ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३५ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा र बिक्रीदर ९ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ५ पैसा र बिक्रीदर १९ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा कायम भएको छ ।
