काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि पनि १ लाख ६२ हजार ८ सय रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रूपैयाँ निर्धारण गरिएको छ ।

