विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ २८ पैसा, बिक्रीदर १ सय ३८ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ६५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ १३ पैसा, बिक्रीदर १ सय ५१ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८६ रुपैयाँ निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा, बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ९६ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ ४० पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८५ पैसा, बिक्रीदर ८ रुपैयाँ ८९ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा, बिक्रीदर ३७ रुपैयाँ १ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा, बिक्रीदर ३८ रुपैयाँ ९ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *