वीरगञ्जबाट धानचामल आयात बढ्यो

वीरगन्ज । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आर्थिक वर्षमा  धान आयात ६०.२८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि १४५.२३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लाख ६४ बराबरको धान आयात भएको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार ५४० किलोग्राम चामल आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा चामल आयात ५४.१२ प्रतिशत र राजस्व संकलनको आधारमा २०.८८ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *