त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।

सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका तीन चिनियाँ नागरिक सुनसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करीब ५ किलो ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा झियानझोङ र म्यानमारका साट नेइङ टुन र एइ एनगोन फू रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *