अमेरिकाले दुई दिन थप्यो डीभी भर्ने समय

काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको जनाएको छ ।
यसअघि ५ नोभेम्बर २०२४ सम्मका लागि तोकिएको समयअवधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको हो ।

आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ । जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने, पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने उल्लेख छ ।

दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने र आवेदन https://dvprogram.state.gov/ बाट मात्र भर्न सकिने स्पष्ट गरेको छ ।

यसवर्ष अमेरिकाले असोज १६ को राति ९स्४५ बजेदेखि डीभी आवेदन खुला गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *