आनि छोइङको विरोध गरेको भन्दै लुम्बिनी बचाउ महाअभियानका संयोजक खाँ पक्राउ

रूपन्देही । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्तिको विरोध गर्दै आएको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ परेका छन् ।

उनलाई गएराति घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको खुलेको हो । आनी छोइङको नियुक्तिको विरोध गरेको कारण उनलाई पक्राउ गरिएको महाअभियानले जनाएको छ ।

आनी छोइङ उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले त्यसको विरोध गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

आफ्ना संयोजकलाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति महाअभियानले आपत्ति जनाएको छ । अभियानले सरकारको कदमको कडा शब्दमा भर्त्सना गर्दै खाँलाई बिनासर्त रिहा गर्न माग गरेको छ ।

खाँलाई पक्राउ गर्नुको आधिकारिक कारण र प्रहरीले दिएको प्रतिक्रियाबारे भने उपलब्ध विवरणमा उल्लेख छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *