भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ ।

सरकारले बाढीमा ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गर्न राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकका अवसरमा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।

बाढीपछि हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । फेला परेका शवमध्ये ४९५ जनाको पहिचान हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *