नुवाकोट । भोटेकोशी बाढीपछि प्रभावित बेत्रावती क्षेत्रमा खोज तथा उद्धारका क्रममा आमाको अँगालोमा बच्चा बेरिएको अवस्थामा दुई शव फेला परेका छन् ।
बेत्रावतीस्थित एक घरबाट फेला परेका २४ शवमध्ये दुई शव आमा र बच्चाको रहेको तथा बाढीको त्रासदीबीच आमाले आफ्नो सन्तानलाई अँगालोमा च्यापिरहेको अवस्थामा शव भेटिएको बताइएको छ ।
बाढीको भीषण भेलमा ज्यान गुमाउनुअघि समेत आमाले आफ्नो बच्चालाई बचाउने प्रयास गरेको देखिने उक्त दृश्यले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयलाई समेत भावुक बनाएको छ ।
बाढीका कारण बेत्रावती तथा आसपासका क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ । सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
