काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थीर छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय रुपैयाँ ७५ पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ५६ पैसा छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ सय ८६ रुपैयाँ ५८ पैसा छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३ सय ९५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३ सय ८६ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
