दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते

दाङ । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना भएको छ ।

बिहीबार बिहान ३ बजे ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका-१ को कोडिया पुल नजिक दुर्घटना भएको हो ।

लमही प्रहरीका अनुसार दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन् । घाइतेहरू सबैको अवस्थामा सामान्य छ । उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *