काठमाडौं । बिहीबार बिहान काठमाडौंको धोबीखोलामा एक पुरूष मृत भेटिएका छन् ।
मदन भण्डारी मेमोरियल कलेज जाने धोबिखोला पुलमुनि एक पुरूषको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिनुभयाे ।
खोलामा शव नजिकै एउटा साइकल पनि देखिएको छ । मृत भेटिएका पुरूष अन्दाजी २५/३० वर्षका छन् । पहिचान भने खुलेको छैन ।
एसपी भट्टराईका अनुसार पुलमा रेलिङ नभएका कारण ती साइकलयात्री पुलबाट खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ।
‘पुलको डोरी चुँडिएको देखिएको छ । टाउकोमा चोट छ । पुलबाट खस्दा ढुंगामा टाउको ठोक्किएको जस्तो देखिन्छ,’ उहाँले भन्रुभयाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिनुभयाे ।
